नियम १०
दाना पदार्थको नमूना पठाउने
(१) दाना जाँचकी वा मुद्दा हेर्ने अधिकारी
वा पुनरावेदन सुन्ने अदालतले विश्लेषण परीक्षणको लागि नमूना पठाउँदा
देहाय बमोजिम गरी पठाउनु पर्नेछ ः–
(क) दाना पदार्थको नमूनालाई अनुसूची–३ मा तोकिए
बमोजिमको फारामसाथ संलग्न गरी लाहाछाप लगाई
सुरक्षासाथ पठाउनु पर्नेछ ।
(ख) दाना पदार्थको नमूना राखिएको पोकामा र त्यसलाई
मोडिएको बाहिरी आवरणमा समेत नमूनाको वस्तुको
नाम र परिमाण वा संकलनको सांकेतिक संख्या केही
भए सो स्पष्ट रूपमा अंकित गर्नु पर्नेछ ।
(ग) खण्ड (क) बमोजिम पठाउने फारामको एउटा प्रतिलिपि
र नमूनाको पोको आवरणमा लगाइएको लाहाछापको
नमूना छुट्टै खाममा राखी पठाउनु पर्नेछ ।
(घ) नमूना राखिएको पोको बाटोमा नखुल्ने र नचुहिने
किसिमबाट बन्द गरी सो पोकालाई बाक्लो कागजमा
अन्य बेर्ने पदार्थले बेरी त्यसलाई धागो वा डोरीले बाँधी
कम्तीमा विभिन्न चार ठाउँमा अक्षर स्पष्ट बुझिने गरी
लाहाछाप लगाउनु पर्नेछ र त्यसरी लाहाछाप लगाउँदा
उक्त लाहाछाप नउप्काई त्यस्तो पोका खोल्न नसकिने
गरी लगाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको दाना पदार्थको नमूनाको
आवरणमा लागेको लाहाछाप ठीक छ छैन भन्ने जाँच गरी त्यसको अवस्थाको
अभिलेख राखी सो नमूनाको आवरण केन्द्रीय खाद्य अनुसन्धानशालाको प्रमुख
वा सार्वजनिक विश्लेषक वा निजले अनुमति दिएको व्यक्तिले खोल्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त हुन आएको दाना पदार्थको नमूनाको
विश्लेषण वा परीक्षण गरी त्यसको नतीजा केन्द्रीय खाद्य अनुसन्धानशालाको
प्रमुख वा सार्वजनिक विश्लेषकले अनुसूची–४ मा तोकिए बमोजिमको
फाराममा सम्बन्धित अधिकृतलाई वा अदालतमा पठाउनु पर्नेछ ।